नेपाली काँग्रेसको ‘ग्राण्ड रिफर्म’

खबरपथ संवाददाता
१० चैत्र २०८२, मंगलवार १८:५५

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीभित्र व्यापक शुद्धीकरण र संरचनात्मक परिवर्तनका लागि ‘ग्रान्ड रिफर्म’ (वृहत सुधार) को योजना अघि सार्नु भएको छ । २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामको नैतिक जिम्मेवारी लिँदै दिनुभएको राजीनामा केन्द्रिय समितिले अस्वीकृत गरेपछि सभापति थापाले अबको यात्रा महाधिवेशन र पार्टी पुनर्जागरणतर्फ केन्द्रित हुने उद्घोष गर्नुभएको हो । उहाँले निर्वाचनको हारको जिम्मेवारी लिँदै आफू ‘टिमको क्याप्टेन’ भएको नाताले जवाफदेहिताबाट नभाग्ने स्पष्ट पार्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*