राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा बालेन्द्र साह चयन
काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय समितिको बैठकले पार्टीका वरिष्ठ नेता बालेन्द्र साहलाई संसदीय दलको नेतामा सर्वसम्मत रूपमा चयन गरेको छ । बिहीबार बसेको पार्टीको केन्द्रिय समितिको बैठकले उक्त निर्णय गरेको हो । पार्टी सभापति रवि लामिछानेबाट प्रश्तावित यी दुवै एजेण्डाहरू केन्द्रिय समितिबाट पारित भएका प्रवक्ता मनिष झाले बताउनु भयो । केन्द्रिय समितिको बैठकपछि बसेको केन्द्रिय समिति तथा संसदीय दलको संयुक्त बैठकले ती निर्णयहरूलाई औपचारिकता दिएको हो । रास्वपाले आगामी सरकार गठनको प्रक्रियामा पनि आफ्नो स्पष्ट अडान सार्वजनिक गरेको छ ।





















