देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व संसदले गर्छ : ज्येष्ठ सदस्य केसी

खबरपथ संवाददाता
१२ चैत्र २०८२, बिहीबार १९:२७

काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व संसदले गर्ने बताउनुभएको छ । बिहीवार सिंहदरवारमा संसदहरुको शपथग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले राजनीतिक संस्कृतिको प्रतिनिधित्व संसदले गर्ने भएकोले संसदलाई मर्यादित र अनुशासित बनाउनुपर्ने बताउनुभएको हो । संसद सञ्चालनको लागि उच्च राजनीतिक संस्कृतिको आवश्यकता हुने उहाँले बताउनु भयो । संसदभित्र देखिने वैचारिक घर्षणलाई सन्तुलित गर्दै सभामुखले समन्वयकारी भुमिका निर्वाह गर्नुपर्ने उहाँको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*