एमाले वैचारिक रूपमा बिग्रेको छैन, सांगठनिक कमजोरी मात्र हो : अध्यक्ष ओली
काठमाण्डाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले वैचारिक रूपमा विचलित नभएको दाबी गर्नुभएको छ । पार्टीका सांसदहरुसँगको छलफलका क्रममा बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । पार्टीको ५५ वर्ष लामो इतिहासको स्मरण गर्दै उहाँले पार्टीलाई ‘सच्चिनुपर्छ’ भनी बाहिरबाट आउने दबाबको खण्डन गर्दै सच्चिनुको अर्थ अराजकता फैलाउनु नभएको बताउनु भयो । हालैका निर्वाचनहरूमा पार्टीले ‘अभूतपूर्व धक्का’ खाएको स्वीकार गर्दै उहाँले यो धक्का पार्टीको नीति वा विचारका कारण नभई सांगठनिक कमजोरी र घेराबन्दीका कारण भएको बताउनु भयो ।





















