प्रधानमन्त्रीलाई सांसद शाहीले भने– कर्णाली राजमार्गसँगै अन्तरजिल्ला सडकसञ्जाल विस्तार गरिदिनुस्, समयमै काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्नुपर्छ
राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता एवं जुम्लाका प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले प्रधानमन्त्री बालेन्द्र साह समक्ष कर्णाली प्रदेशको विकाससँग सम्बन्धित बजेट, पूर्वाधार र नीतिगत समस्याको विषयमा ब्रिफिङ गर्नुभएको छ । सोमवार प्रधानमन्त्री शाहले कर्णाली प्रदेशका सबै सांसदहरूलाई बोलाएर क्षेत्रगत तथा प्रदेशगत समस्या र समाधानबारे छलफल गर्नुभएको थियो । छलफलमा सांसद शाहीले कर्णालीलाई बजेट विनियोजनमा निरन्तर उपेक्षा गरिएको गुनासो गर्दै त्यस्तो अवस्था दोहोरिन नदिन अपिल गरेको जानकारी दिनुभयो ।






















