एमालेद्वारा अध्यक्ष ओलीको पक्राउ विरुद्ध देशव्यापी विरोध प्रदर्शनको कार्यक्रम घोषणा

खबरपथ संवाददाता
१७ चैत्र २०८२, मंगलवार १८:०५

काठमाडौं । शंकर पोखरेलनेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ विरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने घोषणा गरेको छ । मंगलवार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी केन्द्रिय सचिवालय बैठकले अध्यक्ष ओलीको पक्राउ विरुद्धको आन्दोलनलाई निरन्तरता दिने निष्कर्ष निकाल्दै २०८३ साल वैशाख १२ गतेसम्म वडा तहसम्मको विरोध प्रर्दशनको कार्यक्रम तय गरेको हो । वडा, पालिका, जिल्ला र वैशाख १२ गते राजधानी काठमाडौंमा विशाल प्रदर्शनसहितको विरोध सभाको आयोजना गर्ने निर्णय गरिएको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो । उहाँले सो विरोध प्रदर्शनमा सहभागी हुन सिंगो पार्टी पंक्तिलाई निर्देशन समेत दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*