दुई वर्ष सकारात्मक बोलौँ,सोचौँ र लेखौँ : सभामुख अर्याल
काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आफ्नो कार्यकालमा पूर्ण निष्पक्ष र तटस्थ रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । शपथ ग्रहणपछि सिंहदरबारस्थित कार्य कक्षमा पुगेर पदभार ग्रहण गर्दै उहाँले उक्त प्रतिवद्धता जनाउनुभएको हो । उहाँले सभामुखको पदको गरिमा, यसको तटस्थता र निष्पक्षतालाई आफूले गहिरोसँग बुझेको बताउनु भयो । सभामुख अर्यालले अहिलेको संसद २०८२ को विशेष निर्वाचनको म्याण्डेटबाट आएको उल्लेख गर्दै यस पटकको सबैभन्दा बलियो प्रतिपक्ष ‘जनता’ भएको बताउनु भयो । सभामुख अर्यालले सदन विशेष गरी प्रतिपक्षको हुनुपर्ने मान्यतामा आफू दृढ रहेको स्पष्ट पार्नुभयो ।





















