गृहमन्त्रीद्वारा जेन–जी शहीदको सम्झनामा दीप प्रज्वलन

खबरपथ संवाददाता
२३ चैत्र २०८२, सोमबार १९:३१

गत भदौ अन्तिम साताको जेन–जी पुस्ताको आन्दोलनका शहीदहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ । सोमवार काठमाडौंको नयाँ बानेश्वरस्थित पुरानो संसद भवन अगाडि दीप प्रज्वलन गरिएको हो । दीप प्रज्वलन कार्यक्रमा गृहमन्त्री सुधन गुरुङ समेत पुग्नुभएको थियो । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई सरकारले शहीद घोषणा गरेको थियो । जेनजी आन्दोलनका क्रममा मारिएका ७६ जनामध्ये ४१ जनालाई अन्य सूचीमा राख्दै मृत्युको कारणमा प्रश्न उठाएको थियो । – न्युज एजेन्सी नेपाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*