प्रतिनिधि सभामा राष्ट्रिय सभाबाट प्राप्त तीन वटा विधेयक टेबुल गरियो

खबरपथ संवाददाता
२४ चैत्र २०८२, मंगलवार १४:४८

काठमाडौं । प्रतिनिधि सभामा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक २०८१, पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक २०८१ टेबुल गरिएको छ । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सचिव हर्कराज राईले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त विधेयकहरु प्रतिनिधि सभामा टेबुल गर्नुभएको हो । राष्ट्रिय सभामा सो विधेयकहरुमाथि विस्तृत छलफल गरिएको छ । प्रतिनिधि सभाको अर्को बैठक बुधवार बस्नेछ । –न्युज एजेन्सी नेपाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*