राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष भण्डारीद्वारा शपथ ग्रहण

खबरपथ संवाददाता
२४ चैत्र २०८२, मंगलवार २०:२२

काठमाडौं । राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष लिलाकुमारी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभाका अध्यक्ष नारायण प्रसाद दाहाल समक्ष उहाँले पद तथा गोपनीयताको शपथ लिनु भएको हो । शपथ समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, सभामुख डोल प्रसाद अर्याल तथा नेपालस्थित नियोगका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । यसअघि सोमवारको सभाको बैठकले भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्षमा भण्डारीलाई निर्विरोध निर्वाचित गरेको थियो ।  –न्युज एजेन्सी नेपाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*