नवनिर्वाचित उपसभामुख रुवीकुमारी ठाकुरद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

खबरपथ संवाददाता
२७ चैत्र २०८२, शुक्रबार २०:४७

काठमाडौं । प्रतिनिधि सभाकी नवनिर्वाचित उपसभामुख रुवीकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नवनिर्वाचित उपसभामुख ठाकुरले शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्याल समक्ष पद तथा गोपनीयताको शपथ लिनु भएको हो । शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, सरकारका मन्त्री तथा सांसदहरुको उपस्थिति थियो । ठाकुर शुक्रवार मात्रै प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित हुनुभएको थियो । –न्युज एजेन्सी नेपाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*