सुनचाँदीको भाउ बढ्यो, तोलाको तीन लाख रुपैयाँ नाघ्यो

खबरपथ संवाददाता
२ बैशाख २०८३, बुधबार ११:४३

काठमाण्डौ । सुनको दरमा आज पनि बृद्धि भएको छ । नयाँ वर्षको पहिलो दिन  तोलामा ३ हजार १०० रुपैयाँले बृद्धि भएको सुनको भाउ आज तोलामा २ हजार ९०० रुपैयाँले बृद्धि भएको हो ।

आज सुन तोलाको तीन लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भाउ बृद्धि भएर आज सुन तोलाको ३ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको दरमा पनि बृद्धि भएको छ । आज चाँदी तोलामा १५५ रुपैयाँले बढेर तोलाको पाँच हजार २२० रुपैयाँ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*