सम्पती जाँचबुझ छानबिन आयोगको संयोजकत्वमा पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी

खबरपथ संवाददाता
२ बैशाख २०८३, बुधबार २१:१६

काठमाण्डौ । सरकारले प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पती विवरणको संकलन, प्रमाणीकरण तथा छानबिन गर्न सम्पती जाँचबुझ छानबिन आयोग गठन गरेको छ ।. बुधवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बताउनुभएको हो । उहाँकाअनुसार सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली, पूर्वन्यायाधीश चण्डीराज ढकाल, पूर्वप्रहरी नायब निरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहेको विक्रम संवत २०६२,६३ देखि हाल २०८२,८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पती विवरणको संकलन, प्रमाणीकरण तथा छानबिन गर्न सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*