आज २० औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

खबरपथ संवाददाता
११ बैशाख २०८३, शुक्रबार १०:२५

काठमाडौं । आज देशभर २० औँ  लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । वि.सं. २०६३ वैशाख ११ गते, यो नेपाली इतिहासको एउटा यस्तो स्वर्णिम मिति हो, जसले शताब्दीऔँ पुरानो निरंकुश राजतन्त्रको जग हल्लाइदियो र नेपाली जनतालाई सार्वभौमसत्ताको वास्ताविक मालिक बनायो । १९ दिन लामो अभूतपूर्व जनआन्दोलनको रापले तत्कालीन राजा ज्ञानेन्द्रलाई घुँडा टेक्न बाध्य तुल्यायो । काठमाडौंका सडकहरू जुर्मुराएका थिए । गाउँ–बस्तीहरू जागेका थिए । सबैको एउटै स्वर थियो— ‘हामीलाई लोकतन्त्र चाहिन्छ, हामीलाई शान्ति चाहिन्छ ।’ त्यो १९ दिने आन्दोलन केवल राजनीतिक परिवर्तनको लडाइँ मात्र थिएन, त्यो नेपालीको स्वाभिमान, पहिचान र अधिकारको साझा महाकुम्भ थियो । वैशाख ११ को रात जब संसद पुनस्र्थापनाको घोषणा भयो, तब राति नै मानिसहरू झण्डा बोकेर सडकमा निस्किएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*