पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा : विमानस्थलमा भव्य स्वागत

खबरपथ संवाददाता
११ बैशाख २०८३, शुक्रबार १२:३८

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा भ्रमणमा आइपुग्नुभएको छ । पूर्वराजा शाह आफ्नो व्यक्तिगत भ्रमणको सिलसिलामा शुक्रबार पोखरा आइपुग्नुभएको हो । उहाँलाई स्वागत गर्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । स्वागतका लागि उपस्थित भएका समर्थकहरूले राष्ट्रिय झण्डा प्रदर्शन गर्दै पूर्वराजाको पक्षमा जयजयकार समेत गरेका थिए । उहाँलाई पञ्चेबाजा र पुष्पगुच्छाले स्थानीयले भव्य स्वागत गरेका छन् । पूर्वराजा शाह पोखरा भ्रमणका क्रममा केही दिन यहाँका विभिन्न धार्मिक स्थलहरूको भ्रमण गर्ने र स्थानीय नागरिक समाजका प्रतिनिधिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*