काठमाडौंमा सुकुम्वासीद्वारा सरकारविरुद्ध प्रदर्शन
काठमाडौं । सुकुम्वासी बस्ती खाली गराउने निर्णय विरुद्ध काठमाडौंको थापाथलीमा सरकारविरुद्ध चर्का नाराबाजी सहित प्रदर्शन भइरहेको छ । शुक्रवार उनीहरुले आफूहरुलाई न्याय दिनुपर्ने लगायतका माग राख्दै सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले सुकुम्वासी आवासको हक सुनिश्चित गर, डोजर आतंक बन्द गर, यस्ता सरकार चाहिँदैन, आफूहरुलाई न्याय दे लगायतका प्लेकार्ड समेत प्रदर्शन गरेको थिए । प्रदर्शनकारीहरुले निर्वाचन अघि रास्वपा सभापति रवि लामिछानेले सुकुम्वासी बस्तीमा डोजर चलाए आफू नै छाति थाप्न जाने आश्वाशन दिएका थिए । प्रदर्शनकारीहरुले सोही आश्वासन स्मरण गराउँदै आफूहरुको बस्तीमा आउन सभापति लामिछानेलाई पनि आग्रह गरिरहेका छन् ।





















