भीष्मराज आङ्देम्बेलाई काँग्रेस संसदीय दलको नेता बनाउने सहमति
काठमाण्डौ । नेपाली काँग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेको नाममा सहमति जुटेको छ । पार्टी केन्द्रिय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेताका लागि आङ्देम्बेको नाम सर्वसम्मत रूपमा प्रश्ताव गरेको पार्टी प्रवक्ता देवराज चालिसेले बताउनुभयो । चालिसेका अनुसार सहमति जुटाउन उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको समितिले सहजता गरेको थियो । कार्यसम्पादन समितिको उक्त प्रश्तावलाई सबै सदस्यले स्वीकार गरेको खण्डमा आङ्देम्बे निर्विरोध रूपमा संसदीय दलको नेतामा चयन हुनुहुनेछ । चालिसेले सहमति नभए लोकतान्त्रिक प्रक्रियामार्फत निर्वाचन गरेर नेता चयन गरिने बताउनु भयो ।





















