निर्वाचन भन्दा सर्वसम्मतिलाई प्राथमिकता दिएका कारण ढिलाइ भयो : गगन थापा

खबरपथ संवाददाता
१४ बैशाख २०८३, सोमबार २०:२२

काठमाण्डौ ।  नेपाली काँग्रेसको संसदीय दलको नेता चयनको प्रक्रिया आज औपचारिक रूपमा टुंगिएको छ । पार्टीका सभापति गगनकुमार थापाकाअनुसार लामो कसरत र संवादपछि सांसद भीष्मराज आङदेम्बेलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने निर्णय भएको हो । नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठकमा आङदेम्बेको नामलाई सर्वसम्मत रूपमा प्रश्ताव गरिएको थियो । उक्त प्रश्तावलाई पार्टीका सबै नेताहरूले सम्मानका साथ स्वीकार गरेको सभापति थापाले जानकारी दिनुभयो । नेतृत्व चयनमा ढिलाइ भएको विषयमा स्पष्टीकरण दिँदै थापाले यसलाई ‘लाचारी’ नभई ‘परिपक्वता’ को संज्ञा दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*