आर्थिक सूचकहरू सन्तोषजनक छन् : गर्भनर पौडेल
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकका आर्थिक सूचकहरु सन्तोजनक रहेको बताउन भएको छ । नेपाल राष्ट्र बैंकको वार्षिकककोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले वर्तमान आर्थिक सूचकहरू सन्तोषजनक रहेको बताउनु भयो । उहाँका अनुसार उपभोक्ता मुद्रास्फीति मौद्रिक नीतिको लक्ष्यको सीमाभित्रै रहेको छ । आर्थिक वर्ष २०८२/८३ को आठ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति २.१ प्रतिशत छ, जुन अघिल्लो वर्ष ४.७ प्रतिशत थियो । शोधनान्तर स्थितिः शोधनान्तर वचत थप सुदृढ हुँदै गएको छ । वित्तीय प्रणालीतर्फ निक्षेप र कर्जा बीचको भारित औसत ब्याजदर अन्तर न्युनतम बिन्दुमा छ, जसले निजी क्षेत्र र सरकारलाई सस्तो ब्याजदरमा वित्तीय साधन परिचालन गर्ने अवसर दिएको छ ।





















