सुनको मूल्यमा वृद्धि

खबरपथ संवाददाता
२३ बैशाख २०८३, बुधबार ११:०३

काठमाडौँ । आज सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ दरभाउ अनुसार बुधबार सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँले बढेको हो।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँ तोकिएको हो। हिजो मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५४ हजार ४६० रुपैयाँ कायम गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*