नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै
खबरपथ संवाददाता
२३ बैशाख २०८३, बुधबार ११:१२
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बुधबार दिउँसो १ बजेका लागि दलको बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।
बैठकमा सरकारको सिफारिसमा जारी भएका अध्यादेश र सुकुमवासीको विषयमा छलफल हुने कांग्रेस सांसद गीता गुरूङले जानकारी दिइन् ।





















