मन्त्रीपरिषदबाट बजेट स्विकृत
काठमाडौं ।सरकारले सङ्घीय संसद्मा प्रस्तुत हुने आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट स्वीकृत गरेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (शुक्रबार) बसेको मन्त्रिपरिषद्को विशेष बैठकले बजेट वक्तव्यसहित बजेटलाई स्वीकृत गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्बाट बजेट पारित भइसकेको जानकारी दिए।
मन्त्रिपरिषद्ले बजेट स्वीकृत गरेसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आयव्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै छन्। अर्थमन्त्री डा. वाग्ले बजेट ब्रिफकेससहित संसद् भवन नयाँ बानेश्वरतर्फ प्रस्थान गरिसकेका छन्।





















