बजेट भाषण सुन्न प्रधानमन्त्री बालेन सदनमा
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट भाषण सुन्न प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह सङ्घीय संसद् भवन पुगेका छन ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अपराह्न संसद्को संयुक्त सदनमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ, जसमा प्रधानमन्त्री शाह सहभागी भएका हुन ।
गत चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त भएका शाह अहिलेसम्म सदनमा उपस्थित भएर बोलेका छैनन्। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा उनी केही समय सदनमा बसेर बाहिरिएका थिए।
प्रधानमन्त्री नियुक्त भएयता सदनमा लगातार अनुपस्थित रहेको भन्दै प्रतिपक्ष दलहरूले संसद्मा उनको खोजी र आलोचना गर्दै आएका थिए। प्रतिपक्षको निरन्तरको दबाब र चासोका बीच बजेट प्रस्तुत हुने मुख्य दिन आज प्रधानमन्त्री सदनमा उपस्थित हुन लागेकाले यसलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ।





















