अर्थतन्त्र चलायमान बनाउन कर प्रणालीमा व्यापक सुधारको घोषणा
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीमा व्यापक पुनरावलोकन गरिएको घोषणा गर्नुभएको छ । सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रश्तुत गर्दै उद्यम व्यवसायलाई राहत प्रदान गर्दै मध्यम वर्गको विस्तारमार्फत समग्र अर्थतन्त्रलाई गतिशील बनाउने उद्देश्यले करका दर तथा संरचनामा सुधार गरिएको उहाँले बताउनु भयो । अर्थमन्त्री वाग्लेले करको बोझ घटाउन आयकर छुटको सीमा दोब्बर गरी व्यक्तिका लागि १० लाख रुपैयाँ पु¥याइएको घोषणा गर्नुभयो साथै, व्यक्तिगत आयकरको अधिकतम दरलाई १० प्रतिशत बिन्दुले घटाइएको पनि उहाँले जानकारी दिनुभयो ।





















