मुलुक वृहत्तर आर्थिक सुधारको निर्णायक मोडमा : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजनीतिक अस्थिरताको चक्र अन्त्य भएसँगै समष्टिगत आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ उन्मुख रहेको दाबी गर्नुभएको छ । शुक्रवार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री वाग्लेले मुलुकको अर्थतन्त्र सुधार उन्मुख अवस्थामा पुगेको दाबी दाबी गर्नुभएको हो । उहाँले वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको, विदेशी विनिमय सञ्चिति सुदृढ अवस्थामा रहेको तथा स्वच्छ ऊर्जा र प्रविधि क्षेत्रमा नेपालसँग ठूलो सम्भावना रहेको उल्लेख गर्नुभयो । उहाँले मुलुक अहिले वृहत्तर आर्थिक सुधारको निर्णायक मोडमा पुगेको दाबी पनि गर्नुभयो ।





















