इन्धन भण्डारण र एआई फ्याक्ट्रिमा लगानी गर्न ‘मातृभूमि कोष’
काठमाडौं । सरकारले तीन महिनाको इन्धन भण्डारण र एआई फ्याक्ट्रि लगायतका रणनीति महत्वका आयोजनामा लगानी गर्न मातृभूमि कोष स्थापना गर्ने भएको छ । शुक्रवार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो घोषणा गर्नुभएको हो । उहाँले विदेशी ऋण वा लगानीमा हुने आयोजनामा विनिमय जोखिम न्यूनिकरण गर्न अगामी आर्थिक वर्षदेखि उपयुक्त प्रिमियममा हेजिङ सेवा दिने व्यवस्था मिलाइएको समेत बताउनु भयो । उहाँले क्रेडिट रेटिङमा सुधार हुनेगरी अनुकुल आर्थिक वातावरण सिर्जना गरिने समेत बताउनु भयो । उहाँले नेपाललाई ग्रे लिष्टबाट यथाशक्य छिटो हटाउने घोषणा समेत गर्नुभयो ।





















