बुटवल तेक्वान्दो ब्ल्याकबेल्ट कमिटीको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा घमाल
बुटवल । बुटवल तेक्वान्दो ब्ल्याकबेल्ट कमिटीको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।
शनिवार रुपन्देही जिल्ला खेल्कुद समितीको सभाहलमा कमिटीका अध्यक्ष नवीन कुमार रानाको अध्यक्षतामा सम्पन्न अधिवेशनले प्रेम घमालको अध्यक्षतामा ११ सदस्य कमिटी चयन गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा संजय विश्वकर्मा सचिवमा सुवास डंगोल सह-सचिवमा आशिष बराल कोषाध्यक्षमा अनिश रत्न तुलाधर चयन भएका छन । त्यसैगरी सदस्यहरुमा खेम थापा, पुजा गुरुङ, सगुन बरुण, पुजन थापा, सुस्मी अस्लामी, प्रशान्त राना मगर चयन भएका छन् ।
नव निर्वाचित अध्यक्ष प्रेम घमालको अध्यक्षतामा सम्पन्न पहिलो बैठकबाट कमिटीमा सदस्यता विस्तार गर्नुका साथै सम्पुर्ण तेक्वान्दो खेलाडीहरुमा २०८० सालको सिईई परिक्षामा उत्कृष्ट नतिजा लियाउने परिक्षार्थिहरुको डाटा संकलन गरि सम्मान गर्ने निर्णय गर्नुका साथै अध्यक्ष घमालले आहोरात्र खटी तेक्वान्दोको विकास र बिस्तार गर्ने कुराको प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य आशिष वराल गर्नु भएको थियो भने संचालन कमिटिका सचिव चन्द्र कान्त आचार्यले गर्नु भएको थियो ।






















