एकैदिन सुनको भाउ ५ हजार ७ सयले बढयो

खबरपथ संवाददाता
२७ चैत्र २०८१, बिहीबार १२:०१

काठमाडौं, २८ चैत । आज सुन चाँदीको दुवैको भाउ बढेको छ ।साताको पाँचौ दिन अर्थात बिहिवार सुन तोलाको नै ५ हजार ७०० रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ५ हजार ७०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ८१ हजार १०० रुपैयाँमा कारोबार हुने भएको छ ।

बुधबार २ हजार रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको भोलीपल्ट अत्याधिक मात्राले बढेको हो ।

आज चाँदी तोलाको पनि भाउ बढेर १९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*