नेपाल नियमित रक्तदाता संघ तिलोत्तमा उपशाखा समिति गठन, केन्द्रिय समितिको विशेष उपस्थितिमा नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना
तिलोत्तमा । नेपाल नियमित रक्तदाता संघ जिल्ला शाखा रुपन्देही अन्तर्गतको तिलोत्तमा उपशाखा समिति गठन गरिएको छ। नवगठित समितिलाई संघको केन्द्रीय समिति तथा विभिन्न तहका पदाधिकारीहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
संघका केन्द्रिय दया बहादुर सिलवालको अध्यक्षता सम्पन्न कार्यक्रममा नवगठित उपशाखा समितिलाई शपथ ग्रहण गराउँदै संस्थाको उद्देश्य, महत्व र भावी योजनाहरूको बारेमा जानकारी गराए।
नवगठित तिलोत्तमा उपशाखा समिति यस प्रकार रहेको छ:
• संयोजक: लक्ष्मण पन्थ
• सह–संयोजक: शुभास अर्याल
• सचिव: कुसुम गौतम
• कोषाध्यक्ष: सागर अर्याल
• सह–सचिव: मन्जु अर्याल
सदस्यहरू:
• दिपक कार्की
• संगिता घिमिरे
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारी, महासचिव दिपक अधिकारी, कोषाध्यक्ष प्रेम सुनार हुकुम, केन्द्रिय सदस्यहरू बुद्ध ज्ञवाली, राजेश गैरे, तथा रुपन्देही जिल्ला अध्यक्ष अशेश सिलवालको विशेष उपस्थिति रहेको थियो।
वरिष्ठ उपाध्यक्ष भण्डारीले संघ २०६१ सालमा स्थापना भई देशभर जिल्ला समितिहरू विस्तार हुँदै आएको उल्लेख गर्दै, रक्त व्यवस्थापनको कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन निरन्तर क्रियाशील रहेको बताए।
महासचिव अधिकारीले नयाँ समितिलाई संस्था सञ्चालनका प्रशासनिक पक्षप्रति सजग भई अन्य संघसंस्थासँग सहकार्य गर्दै अघि बढ्न सुझाव दिनुभयो।
त्यस्तै, कोषाध्यक्ष सुनार हुकुमले संस्थाको आर्थिक पक्ष सबल भए मात्रै त्यसको दीगो विकास सम्भव हुने कुरामा जोड दिनुभयो।
कार्यक्रमका बुद्धि ज्ञवाली, राजेश गैरेहरूले पनि नवगठित समितिलाई नयाँ ऊर्जा र उत्साहका साथ सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरणा प्रदान गरे।
रुपन्देही जिल्ला अध्यक्ष अशेश सिलवालले १६ वटै पालिकामा उपशाखा विस्तार गर्दै रक्तदानको अभियान गाउँदेखि शहरसम्म लैजाने लक्ष्य रहेको जानकारी गराउँदै, रगत अभाव नहुने वातावरण निर्माणमा सम्पूर्ण टोली लाग्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रम केन्द्रिय अध्यक्ष दया बहादुर सिलवालको अध्यक्षता तथा महासचिव दिपक अधिकारीको संचालनमा सम्पन्न भएको थियो।























