गौतम बुद्ध प्रेस क्लबको अध्यक्षमा घिमिरे चयन : स्वतन्त्र पत्रकारितामा जोड ।

खबरपथ संवाददाता
१४ चैत्र २०८२, शनिबार २०:१४

रुपन्देहीको सैनामैनामा गौतम बुद्ध प्रेस क्लबको अध्यक्षमा थानेश्वर घिमिरे (नवीन) चयन हुनुपभएको छ । शुक्रबार बाबरी पार्टी प्यालेसमा भएको क्लबको प्रथम साधारण सभा तथा अधिवेशनले घिमिरेको अध्यक्षता नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा कृष्ण भण्डारी , महासचिवमा अनिल पहाडी ,सचिवमा नरेश चौधरी र कोषाध्यक्षमा रमेश गैरे निर्वाचित गरेको छ । सदस्यहरुमा अनिता चौधरी ,प्रेम बुढाथोकी ,गोविन्द आचार्य चयन हुनुभएको छ ।
कार्यक्रममा नव निर्वाचित कार्यसमितिलाई बधाई दिदै सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्दर प्रसाद शर्माले पत्रकार आवाज विहिनहरुको आवाजलाई प्रस्फुटन गर्ने प्रतिकको रुपमा रहेको,विसङ्गती र विकृतिलाई अन्त्य गर्नका लागि पत्रकारको अहम भूमिका रहेको जनाउदै निष्पक्ष रुपमा रहेर स्वतन्त्र पत्रकारिता गर्नुपर्ने कुरामा शर्माले जोड दिनुभएको थियो ।

त्यसैगरी कन्चन गाउँ पालिकाका अध्यक्ष नवराज ढकालले सन्तुलित पत्रकारिताको महत्त्वको बारेमा बताउनुभएको थियो । पूर्व सैनामैना नगर प्रमुख चित्र बहादुर कार्कीले पत्रकारिता सम्मानित र मर्यादित रहेकोले कार्यक्षेत्रको मूल्य र मान्यतामा रहेर जानुपर्ने बताउनुभएको थियो । कार्यक्रममा एन प्याब्सन रुपन्देहीका अध्यक्ष तिलब केसी ,सैनामैना उधोग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद पोख्रेल ,सैनामैना व्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेल ,प्याब्सन सैनामैनाका अध्यक्ष टोपलाल भट्टराई लगाएतले नव निर्वाचित कमिटीलाई बधाई तथा शुभकामना मनतव्य व्यक्त गर्नुभएको थियो ।

निर्वाचन संयोजक छवि पाण्डेले पत्रकारिताको चुनौती ,अवसर र महत्व बारेमा बोल्नुभएको थियो । कार्यक्रममा नरेश चौधरीलाई सम्मान गरिएको थियो ।

घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मनतव्य उपाध्यक्ष कृष्ण भण्डारीले गर्नुभएको थियो भने कार्यक्रम महासचिव अनिल पहाडीले गर्नुभएको थियो ।

सैनामैना,कन्चन र गैडहवालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्ने पत्रकार तथा सन्चारकर्मीहरुको साझा संगठन गौतम बुद्ध प्रेस क्लवमा पाँच वटा रेडियो , एक वटा टेलिभिजन , एक वटा पत्रिका र विभिन्न अनलाइन सन्चार माध्यममा कार्यरत पत्रकारहरू आबद्ध रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*