प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न पाउनुपर्ने माग गर्दै विपक्ष दलद्वारा संसद बैठक अवरुद्ध

खबरपथ संवाददाता
७ जेष्ठ २०८३, बिहीबार १४:५३

काठमाडौं । विपक्ष दलहरुले प्रधानमन्त्री बालेन्द्र साहलाई संसदमा उपस्थित गराउन माग गर्दै विपक्ष दलले प्रतिनिधि सभा बैठक अवरुद्ध पारेका छन् । बिहीवार हरेक महिनाको शुरुमा प्रधानमन्त्रीले सांसदसँग प्रश्नोत्तर गर्नुपर्ने भएकाले पनि संसद बैठकमा प्रधानमन्त्री अनिवार्य उपस्थित हुनका लागि दबाब दिँदै बैठक अवरुद्ध पारेका हुन् । सरकारले विधि र नीति विपरित काम गरेकाले आफूहरुले त्यसको विरोधमा बैठक अवरुद्ध गर्न बाध्य हुनुपरेको एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले बताउनु भयो । –न्युज एजेन्सी नेपाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*