ग्रेटर नेपाल अभियानका अध्यक्ष नेपाल पक्राउ
खबरपथ संवाददाता
२६ जेष्ठ २०८३, मंगलवार ०७:१६
काठमाडौं । ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ परेका छन् ।
अध्यक्ष नेपाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१०, कटारी बस्तीबाट हिजो साँझ पक्राउ परेका हुन् ।
पूर्वप्राध्यापक तथा राष्ट्रिय स्वतन्त्र नागरिक समाजका अध्यक्ष समेत रहेका नेपाललाई उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको हो ।
उनी माथि चेक अनादर मुद्दामा बिगोबापत दुई वर्ष कैद सजाय तोकिएको थियो, सोही अभियोगमा उनलाई पक्राउ गरिएको बुझिएको छ ।




















