आजवाट फिफा विश्वकप सुरू, मेक्सिकोमा हुनेछ पहिलो उदघाटन खेल

खबरपथ संवाददाता
२८ जेष्ठ २०८३, बिहीबार ०६:१९

काठमाडौं । आजवाट फिफा विश्वकपको २३ औं संस्करण सुरू हुदैँछ।

आजको उदघाटनको पहिलो खेल मेक्सिको सिटीमा आयोजक राष्ट्र मेक्सिको र अफ्रिकाको बिचमा हुदैँछ । जुन नेपाली समय अनुसार राती १२ः४५ बजेबाट सुरू हुनेछ ।

मेक्सिको सिटी स्टेडियमलाई उद्घाटन खेलको लागि स्थानको रूपमा चयन गरिएको छ, तीन फिफा विश्वकप उद्घाटन खेलहरू आयोजना गर्ने पहिलो रंगशाला पनि मेक्सिकाेकाे नै हाे ।

सो उदघाटन समारोहमा कोलम्बिया गायिका सकिराले फिफाको अफिसियल गीत दाई दाई प्रस्तुत गर्नेछिन् । प्रस्तुत गर्नेछिन् भने मेक्सिकोको कला, संस्कृति र बिज्ञानको प्रदर्शनी गरिनेछ ।  जुन उदघाटन समारोह ९० मिनेटको हुने जनाइएकाे  छ। साे दिन मेक्सिकाेमा सार्बजनिक बिदा पनि दिइएकाे  छ। बिधालय बन्द रहने देखी ‘वर्क फ्रम हाेम’ मार्फत अत्यावश्यक सरकारी सेवा सञ्चालन गरिने भएकाे छ ।

आयोजक मेक्सिकोले आफ्नो राजधानी शहरमा प्रतियोगिता सुरु गर्ने पहिलो राष्ट्रको रूपमा उभ्याउने छ, जहाँ १९७० र १९८६ को विश्वकप फाइनल र उद्घाटन खेलहरू आयोजना गरि सकेकाे ऐतिहासिक स्थलसमेत हो । मेक्सिकाेमा याे तेस्राे पटक विश्वकप हुन लागेकाे हाे ।

यसपटकको विश्वकप मेक्सिको, क्यानडा र अमेरिकाले संयुक्त रूपमा आयोजना गरिरहेका छन । यसपटक प्रतियोगिताको ढाँचा परिवर्तन गरी ४८ टोलीहरू सहभागी गराइँदैछ, जसले गर्दा यो इतिहासकै सबैभन्दा ठूलो विश्वकप बनेको छ।

फिफाका अनुसार आयोजक मेक्सिकोले विश्वकपको अहिलेसम्मकै सबैभन्दा ठूलो संस्करणको उद्घाटन गर्नेछ ।  याे पटक १०४ खेलहरू मध्ये पहिलो खेल तीन देशका १६ स्थानमा आयोजना हुनेछ। तीन देशका १६ आयोजक शहरहरूमा ४८ टोलीहरूले १०४ खेल खेलिनेछ ।

आयोजक राष्ट्र मेक्सिकोले आफ्नो समूहका तीनवटै खेलहरू घरेलु मैदानमा खेल्नेछ, जसमा एस्टाडियो ग्वाडालाजाराले आफ्नो दोस्रो खेल जुन १८, बिहीबार खेल्नेछ भने त्यसपछि जुन २४, बुधबार मेक्सिको सिटी स्टेडियममा आफ्नो अन्तिम समूह खेल खेल्नेछ।

अमेरिका र क्यानडाले पनि उदघाटन खेलमा बिशेष समाराेह गर्ने छन् । तर, उनीहरूले १२ जुनमा मात्रै उदघाटन समाराेह गर्नेछन् । क्यनाडाले टाेराेन्टाेमा गरिरहदाँ अमेरिकाले भने १२ जुनमा लस एन्जलसमा गर्नेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*