प्रधानमन्त्रीलाई सभामुखले रूलिङ गरेर संसदमा ल्याउनु पर्छ : साम्पाङ

खबरपथ संवाददाता
२७ जेष्ठ २०८३, बुधबार २०:५६

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले सभामुखले रूलिङ गरेर प्रधानमन्त्रीलाई संसदमा ल्याउनु पर्ने बताएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै सांसद राईले दुई मिनेटको बाटोमा भएको संसद भवनमा आउन नसक्नुको कारण के हो ? भन्दै प्रश्न उठाउँदै सभामुख डिपी अर्यालले प्रधानमन्त्री शाहलाई संसदमा ल्याउनु पर्ने जनाएका हुन् ।

प्रधानमन्त्री कार्यालय र संसदको दुरी जम्मा दुई मिनेटको रहेको भन्दै उनले भने, ‘जम्मा दुई मिनेटको बाटोको दुरी छ, यती छोटो दुरीमा रहेको संसद भवन आउन नहुने किन ? अब सभामुखले रूलिङ गरेर भए पनि प्रधानमन्त्रीलाई ल्याउनु परयो ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*