संसद बैठक अघि सिंहदरवारमा बिपक्षी दलको संयुक्त बैठक
काठमाडौं । प्रतिनिधिसभाको बैठक अघि बिपक्षी दलको बैठक बसेको छ ।
सिंहदरवारस्थित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा उक्त बैठक बसेको हो ।
बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे, प्रमुख सचेतक वासना थापा र सचेतक निश्कल राई, एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल, उपनेता पद्मा अर्याल र प्रमुख सचेतक ऐनबहादुर महर, नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन र प्रवेश हमाल तथा प्रमुख सचेतक युवाराज दुलालको उपस्थिति रहेको छ।
साथै, राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओली पनि पहिलो पटक प्रतिपक्षी दलको संयुक्त बैठकमा पुगेकी छन् ।




















