प्रतिनिधिसभा बैठकमा दुई बिधेयक माथी बिचार गरिने
काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।
संघीय संसद भवन, सिंहदरवारमा बस्नेछ । सो बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।
आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘बिनियोजन बिधेयक, २०८३ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री खडकराज पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको ‘अभैतिक सांस्कृतिक सम्पदा (संरक्षण) बिधेयक, २०८३ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
साथै, युवा, श्रम तथा रोजगार मन्त्रीको कार्यभार सम्महाल्नु भएकी उधोग, वाणिज्य तथा आपुर्ति मन्त्री गौरी कुमारीले ‘अन्तराष्ट्रिय श्रम संगठनको श्रम निरिक्षण सबन्धी महासन्धी १९४७ नम्बर ८१ र ‘अन्तराष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सबन्धी सन २०१४ को प्रोटोकल नम्बर २९’ पेश गर्न सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।






















