आज ‘क्रिटिक्स फिल्म अवार्ड’ को बिशेष समारोह हुदैँ

खबरपथ संवाददाता
६ असार २०८३, शनिबार ०७:३५

काठमाडौं । आज ‘क्रिटिक्स फिल्म अवार्ड’ को बिशेष समारोह हुदैँछ ।

चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन) ले सो बिशेष समारोहको आयोजना गर्न लागेको हो । कार्यक्रम पर्यटन बोर्डको सभा हलमा हुनेछ ।

समाजले वर्ष २०८१ र २०२८२ मा प्रदर्शनमा आएका फिल्महरुको सूक्ष्म अध्ययन, प्राविधिक विश्लेषण र मूल्यांकनका आधारमा विभिन्न विधाहरूमा उत्कृष्ट स्रष्टाहरूको छनोट गरी नतिजा सार्वजनिक गरिसकेको छ । ‘चलचित्रकर्मीको शिल्प, उनीहरूको संघर्ष र कलात्मक साहसलाई कदर गर्नु नै यस अवार्डको मुख्य विशेषता हो,’ समाजको विज्ञप्तिमा उल्लेख छ । समाजले एकै पटक दुइ बर्षकाे अवार्ड दिन लागेकाे हाे ।

यी हुन् ‘क्रिटिक्स फिल्म अवार्ड २०८१’ का विजेताहरू

१.उत्कृष्ट फिल्मः शाम्बाला

२. उत्कृष्ट निर्देशकः मीनबहादुर भाम (शाम्बालां)

३. उत्कृष्ट अभिनेताः दयाहाङ राई (गाउँ आएको बाटों)

४. उत्कृष्ट अभिनेत्रीः थिन्ले ल्हामो (शाम्बाला)

५. उत्कृष्ट पटकथा लेखनः सरिष्मा खत्री र सिद्धार्थ पुडासैनी (सानो संसार)

६. उत्कृष्ट छायांकनः आलोक शुक्ला (आँखा)

७. उत्कृष्ट सम्पादनः जे. हिम ली र एलेक्स गुर्भिट्स (राजागञ्ज)
८. उत्कृष्ट साउण्ड डिजाइनः किशोर आचार्य (गाउँ आएको बाटो)

९. स्पेसल मेन्सन (अभिनय)ः सुपला सापकोटा (बोक्सीको घर)

१०. स्पेसल मेन्सन (कला निर्देशन)ः रोशन दिवाना (पूर्ण बहादुरको सारङ्गी)

 

यी हुन्  ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’का विजेताहरूः 

१. उत्कृष्ट फिल्मः ऊनको स्वीटर

२. उत्कृष्ट निर्देशकः नवीन चौहान (ऊनको स्वीटर)

३. उत्कृष्ट अभिनेताः हरिवंश आचार्य (भूठान)

४. उत्कृष्ट अभिनेत्रीः आना शर्मा (रमिताको पिरती)

५. उत्कृष्ट पटकथाः नवीन चौहान–सुरज कटुवाल (ऊनको स्वीटर)

६. उत्कृष्ट छायाङ्कनः सुशन प्रजापति (भूठान)

७. उत्कृष्ट सम्पादनः अञ्जय खड्का (भूठान)

८. उत्कृष्ट पाश्र्व संगीतः कोविद बज्र (ऊनको स्वीटर)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*