प्रधानमन्त्री ओलीद्धारा बुटवल-बसन्तपुर केवलकारको शिलान्यास
बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा बुटवलदेखि बसन्तपुरसम्मको केवलकार लाइन शनिबार शिलान्यास गर्नुभएको भएको छ । बसन्तपुरसम्म ३ किलो मिटर लम्बाईको केबलकार लाइनको प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएको हो।
यसअघि बसेको मन्त्रिपरिषद बैठकले केबलकार सञ्चालनको लागि लुम्बिनी केबल कार प्रालीलाई ६।५ हेक्टर बन क्षेत्र उपयोग गर्न स्वीकृती दिएको छ । प्रालीले रुपन्देही बुटवल उपमहानगरपालिका ३ को चुरे सामुदायिक बन समेतको ३।१६ हेक्टर र पाल्पाको तिनाउ गाउँपालिका ३ को चिउरीडाँडा न्याउली सामुदायिक वन समेतको ३।११ हेक्टर वन क्षेत्र २५ वर्ष सम्म प्रयोग गर्ने छ ।
यसैगरी नुवाकोटमा केबलकार सञ्चालनको लागि सिद्धार्थ केबलकार प्रालीले यस अघि नै सरकारबाट वन क्षेत्र उपयोग गर्ने स्वीकृती लिएर केही काम अगाडि बढाइसकेको छ । केबलकारको लागि छपान र रुख कटानको काम भइरहेको प्रालीका अध्यक्ष राजेन्द्रसिंह गुरुङले जानकारी दिनुभयो । उक्त योजनाको पनि आगामी फागुन १० गते भित्र सिलन्यास गरेर औपचारीक रुपमा काम अगाडि बढाउँने योजना रहेको आयोजकले जनाएको छ ।
अबको १८ महिना भित्र केबलकार सञ्चालनमा ल्याउने योजनासहित काम भइरहेको आयोजकले जनाएको छ । करिब २ किलोमिटर लामो केबलकारको लागि ७५ करोडको लागत अनुमान गरिएको गुरुङले बताए । सिद्धार्थ केबलकार प्रालीमा १५० जनाको लगानी रहेको छ ।






















