वरिष्ठ उपाध्यक्ष कसजु स्थानीय आर्थिक बिकास समितिमा मनोनित

खबरपथ संवाददाता
५ फाल्गुन २०७७, बुधबार २०:१४

बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष उज्वल कसजुलाई नेपाल उद्योग बाणिज्य महासंघले स्थानीय आर्थिक बिकास समितिको बिशेष आमन्त्रितमा मनोनित गरेको छ । महासंघका कार्यकारिणी समितीका सदस्य सुरकृष्ण बैद्यको सभापतित्वमा गठित बिशेष आर्थिक बिकास समितिको बिशेष आमन्त्रितमा महासंघका अध्यक्ष शेखर गोल्छाले बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कसजुलाई मनोनित गर्नुभएको हो ।

महासंघलाई ससक्त रुपमा अंगाडी बढाउने कार्यमा समितिले बिशेष योगदान पु¥याउने र समितिलाई कृयाशिल बनाउने काममा कसजुको पूर्ण सहयोग रहने समेत अध्यक्ष गोल्छाले आशा र विश्वास व्यक्त गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*