औद्योगिक विकासका लागि रुपन्देही उद्योग संघ र देवदह नगरपालिकाबीच अन्तरक्रिया सम्पन्न

खबरपथ संवाददाता
७ फाल्गुन २०७७, शुक्रबार ११:५६

बुटवल । जिल्लाको औधोगिक सम्भावनाको खोजी गर्ने, उधमशिलताको विकास गर्ने र रोजगारी अभिबृद्धि गर्ने उद्देश्यका साथ जिल्लाका सबै स्थानीय तहमा अन्तरक्रियाको आयोजना गर्ने अभियान थालेको रुपन्देही उद्योग संघले विहीबार देवदह नगरपालिकासँग अन्तरक्रिया सम्पन्न गरेको छ ।

औधोगिक विकासमा स्थानीय सरकारको भूमिका विषयमा संघका अध्यक्ष बाबुराम बोहोराको अध्यक्षता र देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीको प्रमुख आतिथ्यतामा अन्तरक्रिया  कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्नुहुँदै रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले स्थानीय सरकारको सक्रियताले मात्रै उद्यमशिलताको विकास, पर्यटन प्रवद्र्धन, कृषिको व्यवसायीकरण र रोजगारी अभिबृद्धि हुनसक्ने हुँदा स्थानीय सरकारले औद्योगिक विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भएको थियो । वहाँले रुपन्देही उ्रद्योग संघले स्वदेशी उत्पादनको अभिबृद्धि, आत्मनिर्भर अर्थतन्त्र र संमृद्ध मुलुक निर्माणका लागि स्थापनाकालदेखि नै क्रियाशिल रहँदै आएको र यस वर्ष जिल्लाका सबै स्थानीय तहहरुसँग हातेमालो गरेर औद्योगिक विकासमा अग्रसर रहने बताउनु भएको थियो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि देवदह नगरपालिकाको प्रमुख हिराबहादुर खत्रीले देवदहका सबै खालका उ्रद्योगीहरुको हकहितको संरक्षण गर्दै हातेमालो गरेर अघि बढिरहेको बताउनुहुँदै आगामी दिनमा नयाँ खालका र सक्षम उद्योगहरुको विस्तार हुनुपर्नेमा जोड दिनु भएको थियो । वहाँले बुद्धको मावली क्षेत्र देवदहमा कृषि र पर्यटनको प्रचुर सम्भावना रहेकाले सो क्षेत्रमा लगानी गर्न समेत अनुरोध गर्नुभयो । वहाँले देवदह नगरपालिकाले उद्यमशिलताको विकासका लागि निर्माण गरिरहेको औद्योगिक ग्रामले टेवा पुग्ने विश्वास समेत लिनु भएको थियो । वहाँले उद्योग संघको अगुवाईमा सिक्टहनमा निर्माण हुने भनिएको निजी स्तरको औद्योगिक क्षेत्र निर्माणमा उत्पन्न समस्या समाधानका लागि तत्काल पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो । कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्बासेले यस्ता खालका अन्तरक्र्रियाले स्थानीय सरकारलाई औद्योगिक विकासका निम्ति चलयमान बनाउने बताउनुहुँदै नगरपालिकाले अवलम्वन गरिरहेको नीतिगत विषयहरुबारे जानकारी गराउनुहुँदै उद्योगीहरुका राय,सुझाव समेटेर सुधार गर्दै अघि बढ्ने समेत बताउनु भएको थियो । कार्यक्रममा नेपाल उद्योग परिसंघका प्रदेश अध्यक्ष एवं संघका पूर्व अ्रध्यक्ष एजाज आलम, पूर्व अध्यक्ष बोनिन पिया, स्थानीय उद्योगी जागेश्वर पंगेनी लगायतले बोल्नु भएको थियो ।

संघका महासचिव जिवकान्त काफ्लेको संचालनमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधब प्रसाद पौडेलले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा संघका पदाधिकारी, नगरपालिकाका अधिकृतहरु एवं स्थानीय उद्योगी व्यापारीको सहभागिता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*