सेन्ट्रल लुम्बिनीद्धारा नेतृत्व विकास तालिम, मेरो सहर सफा सहर अभियान सुरु

खबरपथ संवाददाता
९ फाल्गुन २०७७, आईतवार २०:१६

भैरहवा । रोट्रयाक्ट क्लव अफ सेन्ट्रल लुम्बिनीले नेतृत्व विकास तथा उत्प्रेरणात्मक तालिम गरेको छ । क्लवका पदाधिकारी तथा सदस्यहरुका लागि आयोजित तालिममा प्रशिक्षक दिनेश खड्काले सकारात्मक सोच, सफलताका लागि अपनाउनुपर्ने उपायहरु तथा नेतृत्व विकास कसरी गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिनुभएको थियो । क्रियाकलापमा आधारित रहेको तालिममा ६० जनाको सहभागिता रहेको थियो ।

क्लवका अध्यक्ष बाबुराम खनाल अतितको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लव अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष हिरा बहादुर शाह, पूर्व अध्यक्ष कृष्ण पाण्डे, कार्यक्रम संयोजक उपेन्द्र यादव लगायतले बोल्दै नेतृत्व विकासका लागि तालिम अत्यन्तै उपयोगी भएको भन्दै अहिले झण्डावाला नेता भन्दा पनि कर्म गर्ने नेतृत्वको आवश्यकता रहेको बताउनु भयो । कार्यक्रममा सह–कोषाध्यक्ष अस्मिता अधिकारी, सदस्यहरु प्रदिप सापकोटा, समसुद्धिन शेख लगायतका सहभागीहरुले तालिमको अनुभव सुनाएका थिए ।

यसैबीच तालिममा सहभागीहरुले मेरो सहर सफा सहर अभियान सुरु गरेका छन् । तालिममा सिकेको सीपलाई व्यवहारमा परिवर्तन गर्नका लागि अभियान सुरु गरिएको क्लवका अध्यक्ष अतितले बताउनुभयो । सहरमा हुने फोहोर मैला व्यवस्थापनका लागि क्लवले समन्वयात्मक भूमिका खेल्ने भन्दैे उहाँले यस कार्यका लागि सबैलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो । क्लवको अगुवाईमा सरसफाईका क्रियाकलाप तथा सचेतनाका कार्यक्रम गरेर सानो तहबाट उदाहरणीय नेतृत्वको विकास गर्न उत्प्रेरित गरिएको प्रशिक्षक दिनेश खड्काले बताउनुभयो । ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*