होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा गौतम निर्वाचित

खबरपथ संवाददाता
१७ फाल्गुन २०७७, सोमबार २३:५१

बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा रामप्रसाद गौतम निर्वाचित भएका छन् । संघको २०औं वार्षिक साधारणसभा तथा १०औं अधिवेशनबाट आगामी नेतृत्वका लागि सोमबार सम्पन्न निर्वाचनमा गौतमले ३४९ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिद्वन्दी जीवन श्रेष्ठले भने २९४ मत प्राप्त गरेका छन् । गौतमले संयुक्त प्यानलका प्रत्यासी जीवन श्रेष्ठलाई ५५ मतले पछि पार्दै विजयी भएका हुन् ।

त्यसैगरी संघको बरिष्ठ उपाध्यक्षमा बाबुराम गौतम विजयी भएका छन् भने प्रथम उपाध्यक्षमा लेखनाथ भण्डारी निर्वाचित भएका छन् । महासचिवमा माधव कुमार खनाल र कोषाध्यक्षमा टंक पराजुली विजयी भएका छन् ।  त्यसैगरी सदस्यहरुमा केशवराज कंडेल,अर्जुन पोखरेल, उमेश सापकोटा, कृष्णप्रसाद पाण्डे, खुमराज ज्ञवाली, टंकप्रसाद पोखरेल, डिल्लीराज अर्याल, तुल्सीराम पराजुली, थम्मन भण्डारी, माधव ढकाल, रामबहादुर न्यौपाने विजयी भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*