भ्रष्टाचार न्युनिकरणको लागि महिला नै अगाडी लाग्नू पर्छ : प्रधानाङ्रग
बूटबल । ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालका नवनिर्वाचित अध्यक्ष पद्यिनी प्रधानाङ्रगले भ्रष्टाचार न्युनिकरणको लागि महिला नै अगाडी लाग्नु पर्ने नबताउनू भयो। अनैतिक रुपमा पैसा घर भित्रीयो भने महिलहरुले कसरि आयो भन्ने कुरा को अनुसन्धान गर्नु पर्ने बताउदै महिलाहरु समाजमा नेतृत्व तहमा आउनु पर्ने सुझाव दिनू भयो । फोनिज रुपन्देहीको आयोजना मा बुटवल मा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रधानाङ्गले नेपालको सन्द्रभमा भ्रष्टाचार संसाथत रुपमानै विकसित भएको बताउनूभयो ।
उहाले एक दशकदेखि नेपालमा भष्ट्राचारको तालिका स्थिर रहेको बताउँदै अनुगमनको दृष्टिले नेपालको ५० भन्दा कम अंक रहेकाले नेपाल भष्ट्राचारको जोखिम बढी भएको मुलुकमा पर्ने जानकारी दिनू भयो। यो वर्ष नेपाल ३३ अंकमा रहेको छ ।
भ्रष्टाचार न्युनिकरणका लागि नारी दिवसमै दिनबाट संकल्प गरेर अघि बढ्न उनले सरोकारवालालाई आग्रह गनूभयो
भष्ट्रचार केवल पुरुषको मुद्दाका रुपमा हेरिने दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको भन्दै उनले महिलाहरु यो मुद्दा लाग्नुपर्ने सुझाव दिनूभयो । ५२ प्रतिशत संख्यामा रहेका महिला अगाडि नआउदासम्म भष्ट्राचार न्युन नहुने भन्दै महिलाहरू आम्दानीको श्रोत पहिचान गरेर तडकभडक विनाको जिवनी जिउनुपर्ने बताउनूभयो ।
मुहार सफा भए खोला संग्लो हुने तर्क दिदै उहाले यसका लागि महिलाको भुमिका रहने दाबी गनूभयो । नेपालमा भुकम्पपछिको पुनस्थापनामा विदेशी दातृराष्टबाट भएको सहयोगमा समेत भष्ट्राचार भएको उहाले दुखेसो गनूभयो। राहत रकममा समेत भष्ट्राचार हुने देश नेपालको पहिचान बनाउन निक्कै गलत भएको उहाले बताउनूभयो।
कार्यक्रममा फोनिज रुपन्देहीका अध्यक्ष सोनु थापा, टिआई नेपालका महेन्द्र नारायण श्रेष्ठ, पारदर्शी नेपालका महेन्द्र पाण्डेले समाज परिवर्तन गर्न भष्ट्रचार न्युनिकरण अभियान थाल्नुपर्ने बताउनूभयो ।






















