समाजसेवी हिराप्रसादको श्रेष्ठको निधन
बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका पूर्व अध्यक्ष तथा समाजसेवी हिराप्रसाद श्रेष्ठको निधन भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ६ निवासी श्रेष्ठको बुधबार बिहान सवा तीन बजे आफ्नै निवासमा निधन भएको हो ।
श्रेष्ठ बुटवलका प्रतिष्ठित ब्यवसायी हुन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका पुर्व अध्यक्ष , सिद्धार्थ गौतमबुद्ध क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष लगायका संघसंस्थामा श्रेष्ठले लामो समय नेतृत्व गरेका थिए ।
श्रेष्ठका एक श्रीमती दुई छोरा र २ छोरी छन् ।
श्रेष्ठको निधनले यस क्षेत्रको सामाजिक र आर्थिक विकासमा अपुरणिय क्षति पुगेको बताउँदै बुटवल उद्योग बाणिज्य संघले गहिरो दुःख व्यक्त गरेको छ । उनको निधन पछि बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले संघको परिषर बालमन्दिरमा श्रद्धाञ्जली अर्पण गरेको छ ।
नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनीधि समेत रहेका श्रेष्ठको पार्थिव शरीरमा नेपाली काँग्रेसले पार्टीको झण्डा ओढाएको छ । नेपाली काँग्रेस बुटवल नगर समितिले गरेको श्रद्धान्जली कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु डा. चन्द्र भण्डारी, धनराज गुरुङ, रुपन्देहीका जिल्ला सभापति अब्दुल रज्जाक, पूर्व सभापति रामचन्द्र ढकाल, लगायत महासमिति सदस्य तथा महाधिवेशन प्रतिनीधि, क्षेत्रीय प्रतिनीधिहरु लगायतको सहभागिता रहेको नगर सभापति खेलराज पाण्डेले जानकारी दिए ।






















