रुपन्देही उद्योग संघ र ओमसतिया गाउँपालिकाबीच अन्तरक्रिया

खबरपथ संवाददाता
४ चैत्र २०७७, बुधबार १९:५५

बुटवल । रुपन्देही उ्रद्योग संघ र ओमसतिया गाउँपालिकाबीच औद्योगिक विकासका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

संघको आयोजनामा “औद्योगिक विकासमा स्थानीय सरकारको भूमिका” विषयक अन्तरक्रिया कार्य क्रम ओमसतिया गाउँपालिकाको कार्यालयमा सम्पन्न भएको हो । संघका अध्यक्ष बाबुराम बोहोराको अध्यक्षता एवं ओमसतिया गाउँपालिकाका प्रमुख हिरा केवट राहुलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष बोहोराले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नु भएको थियो ।

उहाँले स्थानीय श्रोत र साधनको परिचालन गरी उद्यमशिलता विकास, रोजगारी अभिबृद्धि र व्यवसायिक विकासलाई तिव्रता दिने उद्देश्यका साथ संघले जिल्लाका १६ वटै स्थानीय तहसँग छलफल अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको बताउनु हुँदै रेमिट्यान्स र सहयोगले धानेको अर्थतन्त्रमा सुधार ल्याउन र स्वाधिन अर्थतन्त्रको निर्माण गर्न कृषिको व्यवसायिकरण, पर्यटन प्रवद्र्धन र उ्रत्पादनशिल बृद्धिका लागि स्थानीय सरकार र निजी क्षेत्रको सहकार्य हुनुपर्ने बताउनु भएको थियो र त्यसका लागि रुपन्देही उद्योग संघ सदैव तत्पर रहेको प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं ओमसतिया गाउँपालिकाका प्रमुख हिरा केवट राहुलले औद्योगिक विकासका लागि ओमसतिया गाउँपालिकाले भौतिक पूर्वाधार विकासमा प्राथमिकता दिएको र स्थानीय उद्योगहरुको विकास, लगानी बृद्धि, संरक्षण र स्थानी उत्पादनको बजारीकरणका लागि प्रवद्र्धनात्मक कार्यत्र mमहरु संचालन गरिरहेको बताउनु थियो । वहाँले स्थानीय श्रम शक्तिलाई व्यवस्थापन गर्न उद्योगहरुलाई आग्रह समेत गर्नु भएको थियो ।

कार्यक्रममा बोल्नुहुँदै ओम सतिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले गाउँपालिकाले औद्योगिक विकासका सन्दर्भमा तयार गरेका नीतिगत व्यवस्थाहरुबारे जानकारी गराउनुहुँदै सहज र सरल रुपमा उद्योग संचालनको वातावरण बनाई स्थानीय स्तरमा रोजगारी अभिवृद्धिका लागि गाउँपालिका प्राथमिकताका साथ अगाडि बढिरहेको जानकारी गराउनु भएको थियो । उहाँले नयाँ उद्यमी श्रृजना र पुराना उद्यमीको स्तरोन्नतीका लागि कार्यक्रमहरु संचालन भइरहेको र बजेट विनियोजन समेत गरेको बताउनुभएको थियो । गाउँपालिकाले व्यवसाय दर्ता ईकाई स्थापना गर्नुका साथै उद्यम सहजकर्ताहरु नियुत्त गरी अघि बढिरहेको बताउनुहुँदै निजी संस्थाहरुसँग सहकार्य गरी अघि बढ्ने बताउनु भएको थियो ।

सोही अवसरमा ओमसतिया गाउँपालिकामा उद्योग संचालन गर्नु भएका उद्योगी दिपक पौडेलले उद्योग संचालनका क्रममा भोग्नु परेका अप्ठयारा र समस्याहरुको बारेमा जिज्ञासा राख्नु भएको थियो । संघले जिल्लाका हरेक स्थानीय तहमा पुगेर त्यस क्षेत्रको सम्भावनाको खोजी गर्ने, कृषिको व्यवसायीकरण र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने, रोजगारी अभिवृद्धि गर्ने र समग्रमा औद्योगिक विकासका लागि छलफल र बहस जारी राख्ने बताएको छ ।
संघका सचिव हिरामणी भट्टराईको संचालनमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा संघका प्रथम उपाध्यक्ष दिलिप सापकोटाले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा ओमसतिया गाउँपालिका उप प्रमुख सुन्दरमति कुमारी हरिजन, संघका पदाधिकारी, गाउँपालिका अधिकृतहरु एवं स्थानीय उद्योगीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*