प्रेस युनियन रुपन्देहीको जिल्ला भेला तथा छलफल कार्यक्रम सम्पन्न
बुटवल । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनको लागि नेपाल प्रेस युनियनले जिल्ला भेला तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । शनिबार भएको कार्यक्रममा निर्वाचनमा जाने रणनीति र भावी नेतृत्वका बारेमा छलफल भएको थियो ।
१९ वर्ष सम्मको अवस्थामा पनि युनियनको नेतृत्वमा पत्रकार महासंघ रुपन्देही जान नसकेको भन्दै अवको कार्यकालमा प्रेस युनियनको नेतृत्वको लागि पहल हुनपर्ने सुझाव समेत कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका थिए । प्रेस युनियनले पत्रकार महासंघको निर्वाचनको लागि अन्य संगठनसंग सहकार्य गर्ने निर्णय गरेको छ ।
सहकार्यका लागि हरि लम्सालको नेतृत्वमा समन्वय समिति गठन गरिएको छ ।कार्यक्रममा बरिष्ठ पत्रकार हरि लम्साल, सल्लाहकार खिमानन्द भट्टराई, सल्लाहकार भवानी पाण्डे, सल्लाहकार बिक्रम खड्का, हरिष ढकाल,रामराज पोख्रेल,यमलाल भुसाल, बरिष्ठ पत्रकार दामोदर खनाल,महेन्द्र पाण्डे,सभापति रेखा भुसाल,पत्रकारहरू बिश्वास ढकाल,खेमराज रेग्मी,रामबिकास चाैधरी,सीपी खनाल,कपिल ज्ञवाली,रमेश अर्याल, दीपक घिमिरे,सुदीप भण्डारी,आचार्य प्रदीप,बिजय पाेखेरेल,नविन घिमिरे,तिलक सुबेदी लगायतले बाेल्दै युनियलनई अझै बलियो बनाउने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा प्रेस चौतारीको जिल्ला कार्य समिति सदस्य निहारिका थापा बिन्दुलाई प्रेस युनियनमा स्वागत गरिएको थियो । युनियन प्रवेशसंगै बोल्दै उनले परिवारबाट पार्टीको बारेमा जानकारी रहेको बताउँदै नयाँ ढंगले काम गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।
उनले चौतारीको समितिमा बसेर काम गरेको अनुभव रहेको बताउँदै युनियनलाई बलियो बनाउने दाबी गरीन् ।






















