होलीमा भिडभाड नगर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अनुरोध
खबरपथ संवाददाता
११ चैत्र २०७७, बुधबार ०८:४७
बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोभिड–१९ को संक्रमण बढ्न नदिनका लागि नजिकै आइरहेको होलीमा भिडभाड नगर्न अनुरोध गरेको छ ।
जिल्ला प्रशासन रुपन्देहीले मंगलबार एक सूचना जारी गर्दै स्वास्थ्य मन्त्रालयबाट २०७७ चैत ८ गते जारी भएको विज्ञप्तीलाई दृष्टिगत गर्दै स्यानिटाइजर, मास्क र सामाजिक दुरी मापदण्ड तथा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गर्न गराउन अनुरोध गरेको छ ।























