कर्मचारी एसोसिएशन इकाई बुटवलको सातौं अधिबेशन सम्पन्न

मण्डलको संयोजकत्वमा नयाँ नेतृत्व चयन
खबरपथ संवाददाता
२९ चैत्र २०७७, आईतवार ०६:४१

बुटवल। बुटवल उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरुको साझा पेशागत संस्था नेपाल नगरपालिका कर्मचारी एसोसिएशन इकाई बुटवलको सातौं अधिबेशन  सम्पन्न भएको छ ।
इकाई अध्यक्ष ठगिश्वर पोखरेलको अध्यक्षतामा बुटवल उपमहानगरपालिकाको सभाहलमा भएको उक्त कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले सुशासनको अनुभूति गराउने र सेवाप्रवाहरुलाई जनसमक्ष पु¥याउने प्रभावकारी र स्थायी संयन्त्रका रुपमा कर्मचारीहरु रहेको बताउनुभयो ।
उहाँले सेवाग्राहीको सन्तुष्टि नै सेवादेही अर्थात् कर्मचारीको प्रमुख लक्ष्य हुनुपर्ने भन्दै कार्यक्रमको सफलताको कामना गर्नुभयो । उहाँले कर्मचारीको खटाई र परिश्रमबाट नै समृद्ध बुटवलको संकल्प साकार हुने भन्दै सोही संकल्पलाई केन्द्रमा राखेर काममा समर्पित हुन आग्रह गर्नुभयो ।
सोही अवसरमा कार्यक्रममा नगर प्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा र एशोसिएशनका अध्यक्ष पोखरेलले संयुक्त रुपमा इकाइद्वारा प्रकाशित भित्तेपात्रोसमेत विमोचन गर्नुभएको थियो ।
उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्मा, कर्मचारी एसोसिएशन छैठौं आयोजक समितिका सचिव सितुप्रसाद श्रेष्ठ, संगठन सल्लाहकार विष्णुप्रसाद खनाल तथा इकाईका पुर्व अध्यक्षहरु ज्ञानप्रसाद अर्याल र माधव बश्याललगायतले एशोसिएशनको सिर्जनात्मक र रचनात्मक कार्यका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।
एशोसिएशनको सोही कार्यक्रमका अवसरमा संगठनका पूर्व अध्यक्षहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा कोषाध्यक्ष कमल खनालले संगठनको वार्षिक आय व्यय तथा सचिव लक्ष्मी अर्यालले सांगठनिक प्रतिवेदन पेश गर्नुभएको थियो ।


मण्डलको संयोजकत्वमा नयाँ नेतृत्व चयन
अधिवेशनको वन्दशत्रबाट अनिलकुमार माण्डव्यको अध्यक्षतामा तेह्र सदस्यीय इकाई समिति निर्वाचित भएको छ । जसको उपाध्यक्षमा दिनेशकाजी बज्राचार्य, सचिब रेश्मीराज घिमिरे, सहसचिव राजकुमार श्रेष्ठ र कोषाध्यक्षमा धनाकुमारी अर्याल निर्विरोध चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा पुष्पराज ज्ञवाली, इन्द्रा केशी, यज्ञ बेल्वासे, त्रिदेव वुढाथोकी, केशव सापकोटा, खेम न्यौपाने, रचना तुलाधर र प्रकाशमणी बश्याल निर्वाचित हुनुभएको छ । निर्वाचित पदाधिकरिहरुलाई निर्वाचन समितीका संयोजक हरिप्रसाद आचार्यले प्रमाणपत्र वितरणका साथै सपथ ग्रहण गराउनुभएको थियो ।
निवर्तमान अध्यक्ष ठगिश्वर पोखरेलले कार्यकालमा सहयोग गर्ने, समन्वय गर्ने र उत्प्रेरणा जगाउने सबैप्रति आभार प्रकट गर्नुभएको थियो । उहाँले सुशासनलाई आत्मसात गर्दै सेवाप्रवाहलाई सहज, छरितो र प्रभावकारी बनाउने काममा आफुहरु सदैब केन्द्रित रहेको भन्दै अबका दिनमा पनि अझ सहज र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*