कांग्रेस रुपन्देहीको पार्टी कार्यालय स्वास्थ्यकर्मीलाई
भैरहवा । नेपाली कांग्रेस रुपन्देहीको पार्टी कार्यालय चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रयोगमा ल्याएका छन् । काङ्ग्रेस रुपन्देहीको भैरहवामा रहेको पार्टी कार्यालयमा २५ बेड तयार गरी बुधबार देखि भिम अस्पताल भैरहवाका चिकित्सक तथा स्वास्थ्यकर्मीलाइ अस्थायी रुपमा आवासको लागी दिइएको कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिनु भयो ।
कोरोना महामारी बढी रहेको अस्पतालहरुमा बिरामीको लागि बेड अभाव भैरहेको अबस्थामा यस अघि नै कांग्रेस रुपन्देहीले दुई तले आफ्नो पार्टी कार्यालय कोरोना संक्रमितको लागी आइसोलेसन वा अस्थायी कोभिड अस्पतालको रुपमा प्रयोग गर्न दिने निर्णय गरेको थियो । सोही बमोजिम भिम अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको महामारिका बेला बस्नलाइ भएको असुबिधालाइ मध्य नजर गरि बेड समेत तयार पारी आबासको रुपमा प्रयोगमा ल्याइएको उहाँले जानकारी दिनुभयो । आवश्यकता अनुसार अरु बेड पनि तयार गर्न सके र अन्य स्वास्थ्य सस्थाले समेत प्रर्योगमा ल्याउन सकिने समेत उहाँले जानकारी दिनुभयो ।





















