उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार पत्रकार शर्मालाई प्रदान गर्ने निर्णय

खबरपथ संवाददाता
२१ जेष्ठ २०७८, शुक्रबार २०:५५

बुटवल । नेपाल पत्रकर महासंघ रुपन्देहीले बरिष्ठ पत्रकारनारायण सापकोटारा स्थापित उत्कृष्ट पत्रकारिता पुरस्कार २०७७ पत्रकार टोपराजशर्मालाई प्रदान गर्ने निर्णय गरेको छ ।

पत्रकार महासंघ रुपन्देहीको शुक्रबार बसेकोसचिवालय बैठकले उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार मूल्यांकन समितिले पुरस्कारकालागि पत्रकार शर्मालाई गरेको सिफारिशलाई अनुमोदन गरेको हो ।

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको संयोजकत्वमा गठन भएको मूल्यांकन समितिमा लेखक तथा वातावरणका जानकार युवराज कंडेल र डिभिजन वन कार्यालयका प्रतिनिधि राजन खड्का सदस्य रहेका थिए । प्रत्येक वर्ष जुन ५ तारिखका दिन विश्व वातावरणदिवसका दिन प्रदान गरिने यो पुरस्कार कोरोना महामारीका कारण यो वर्ष पछि वितरणगरिने पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले बताए ।

वातावरणका बिषयमा पत्रकारलाई प्रेरित गर्न भैरहवा निवासि पत्रकार सापकोटाले पुरस्कार स्थापना गरेका हुन । पुरस्कारको राशी नगद २५ हजार र प्रमाणपत्र रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*